फाइल फोटो

राजनीति

गठबन्धन गरेपछि किन पार्टी चाहियो? -वामदेव गौतम

By खबरहब

January 13, 2023

काठमाडौँ– राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन् । आज बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को निर्वाचन र हालै सम्पन्न निर्वाचनमा पनि गठबन्धन गरियो, जसले गर्दा जनताले कुन दल र कस्ता एजेण्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।’ उनले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरे । 

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताए । उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिए ।