समाचार

‘क्यान्सरबारे विद्यालय शिक्षादेखि चेतना फैलाउनुपर्छ’

By खबरहब

January 13, 2023

काठमाडौँ : क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीले क्यान्सरबारे विद्यालय शिक्षादेखि नै चेतना फैलाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.शाहीले क्यान्सरलाई भयानक समस्या ठान्ने तर सुरुदेखि नै स्वास्थ्य जाँचदेखि सामान्य समस्यामा ध्यान नदिने प्रवृत्ति रहेकाले अवस्था केही जटिल बनेको उनले बताए ।

क्यान्सरको उपचार गर्न घरजग्गा बेच्नुपर्ने भ्रम बढी फैलाइएको भन्दै यो रोकथामका लागि जनचेतना फैलाउनुपर्ने उनको भनाई छ । क्यान्सर मानिसहरुकै हेलचेक्राईका कारण हुने भन्दै यो घटाउनका लागि अब चेतना फैलाउनुपर्ने उनको भनाई छ ।