ब्रेकिङ स्टोरी

बागमतीका सभामुख पाठकद्वारा शपथ ग्रहण 

By खबरहब

January 13, 2023

मकवानपुर– बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराए ।

आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल तथा मन्त्रीहरू र प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गाना उपस्थित थिए । 

नवनिर्वाचित सभामुख पाठक साविक नुवाकोट जिल्ला र हाल काठमाडौँ उपमहानगरपालिका-३० का स्थायी बासिन्दा हुन्। उनले स्नातकतहसम्मको शिक्षा अध्ययन गरेका छन् । यसअघि उनले विघटित पञ्चायत व्यवस्थाको वर्गीय संगठनमध्ये नेपाल युवक संगठनका केन्द्रीय सचिव पदमा निर्वाचित हुँदैदेखि राजनीतिक जीवन सुरु गरेका थिए ।