फाइल तस्वीर

आर्थिक

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

By खबरहब

January 13, 2023

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत् ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो ।