सांकेतिक तस्बिर

अपराध

हत्याका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

By खबरहब

January 13, 2023

बुटवल– रुपन्देहीको मायादेवी गाउँपालिका-७ का भीम बहादुर यादवको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । मायादेवी घर भई ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भनिने रामनरेश यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले शुक्रबार पक्राउ गरेको हो ।

घटनापछि लुकिछिपी बसेका यादव १८ वर्षपछि पक्राउ परेका हुन् । उनीमाथि २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरासमेत प्रहार गरी हत्या गरेको आरोप छ । 

प्रहरीले अभियुक्तलाई आवश्यक कारबाहीको लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाएको रूपन्देही प्रहरी नायब निरीक्षक किरण केसीले बताए ।