समाचार

रक्षा मन्त्री उप्रेती भारतका दुई कार्यक्रममा सहभागी हुँदै

By खबरहब

February 13, 2023

काठमाडौँ – पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज भारतमा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी जनाउँदै छन्।

सो कार्यक्रमका लागि भारत सरकारको निमन्त्रणामा भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् । उनी बेंगलुरू कर्नाटकमा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनेछन्।

पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि विदेश भ्रमण गर्ने उनी दोस्रो मन्त्री हुन। यसअघि परराष्ट्र मन्त्री विमला राई श्रीलंका गएकी थिइन्। उनी श्रीलंकाको स्वतन्त्र दिवसमा भाग लिएर फर्किसकेकी छन्।