फाइल तस्वीर

आर्थिक

सरकारले बिदा दिए पनि बैंक बन्द नगर्नू : राष्ट्र बैंक

By खबरहब

February 13, 2023

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकस्मात् १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैङ्कहरूका अत्यावश्यक सेवा भने सुचारु रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी देशभरका बैंकहरुलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्राहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको छ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजेदेखि अपरान्ह १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।