राजनीति

‘जनयुद्ध दिवस’ को बिदा भए पनि परराष्ट्र मन्त्रालय खुल्ला रहने

By खबरहब

February 13, 2023

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ ।

भारतीय विदेश सचिव विनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिव स्तरीय छलफल तथा परराष्ट्र मन्त्री विमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भइसकेकाले परराष्ट्र मन्त्रालय खुल्ला रहने भएको हो ।

‘सोमबार परराष्ट्र मन्त्रालय खुल्ला रहनेछ, अरु मन्त्रालयको के हुन्छ थाहा छैन’ परराष्ट्र मन्त्री विमला राईले सञ्चारकर्मीसँग भनेकी छन् । भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटबाट बिहान ११ बजे काठमाडौं ओर्लँदै छन् ।