सांकेतिक तस्बिर

समाचार

पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

February 13, 2023

पर्वत – पर्वतमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

ध१ज ११२३ नम्बरको इको भ्यान आइतबार साँझ कुश्मा नगरपालिका–२ खुर्कोट लाम्पाटामा दुर्घटना हुँदा चालक ४० वर्षीय बालकृष्ण पौडेल उपाध्याको मृत्यु भएको हो।

उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगेको र उपचारकै क्रममा आइतबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका २१ वर्षीया मनीषा दर्जी र ३३ वर्षीया सलिना बिक पर्वत अस्पतालमा नै सामान्य उपचारपछि घर फर्किएका छन्।