समाचार

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि सुर्खेतमा आन्दोलन

By खबरहब

February 13, 2023

सुर्खेत – वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरूले बिहानैदेखि आन्दोलन सुरु गरेका छन् ।

छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरू आन्दोलनमा उत्रिएका हुन् ।

उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरूले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । आफन्तहरू आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन् ।