ब्रेकिङ स्टोरी

माओवादी केन्द्रले मनायो जनयुद्ध दिवस (फोटो फिचर)

By खबरहब

February 13, 2023

काठमाडौँ – नेकपा माओवादी केन्द्रले फागुन १ गते सोमबार २८औँ जनयुद्ध दिवस मनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विशेष समारोहमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष उपस्थितिमा माओवादीका पदाधिकारी तथा नेता कार्यकर्तालगायतको सहभागितामा जनयुद्ध दिवस मनाइएको हो ।

सो अवसरमा प्रचण्डले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको तस्विरमा माल्यार्पण र सहिद स्तम्भमा शिर झुकाएर अभिवादन गरेका थिए ।

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरे पछि चौतर्फी विरोध भइरहेको छ।