खेलकुद

म्यानचेस्टर युनाइटेडसँग लिड्स पराजित

By खबरहब

February 13, 2023

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको छ।

एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलको अन्त्यतिर म्यानचेस्टर युनाइटेडका मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एक-एक गाोल गरेका थिए।

८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए। त्यसपछि ८५औं मिनेटमा परिवर्तित खेलाडी एलेहान्द्रो गर्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए।

यो जितसँगै तेस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४६ अंक पुगेको छ। पराजित लिड्स २२ खेलबाट १९ अंक जोडेर १७औं स्थानमा छ।