फाइल तस्वीर

राजनीति

गण्डकी सरकार स्थापना दिवसमा फागुन ४ सार्वजनिक बिदा

By खबरहब

February 13, 2023

पोखरा – ​गण्डकी प्रदेश सरकारले सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

२०७८ साल चैत १८ गते प्रदेश मन्त्रिपरिषद् बनेको दिनको सम्झनामा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

गण्डकी प्रदेश सरकारले अन्य तीन दिन पनि बिदाको घोषणा गरेको छ। प्रदेश राजपत्रमा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमामा र आगामी चैत १५ गते चैते दसैँको अवसरमा बिदा दिने उल्लेख छ।