राजनीति

‘जनयुद्ध दिवस’ मनाउने सरकारी निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजको विरोध

By खबरहब

February 13, 2023

काठमाडौँ – सरकारले जनयुद्ध दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने सरकारी निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

तत्कालीन माओवादीका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले १ फागुन सोमबार ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयअनुसार सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ ।

तर, सो निर्णयविरुद्ध द्वन्द्वपीडित र नागरिक समाज सोमबारै प्रदर्शनमा उत्रिएका छन् । ‘सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

फागुन १ गतेलाई कालो दिनको रूपमा उनीहरूले लिएका छन् ।