फाइल तस्वीर

समाचार

सात महिनामा दश हजारले लिए राहदानी

By खबरहब

February 13, 2023

नवलपरासी– नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) बाट  चालु आर्थिक वर्ष २०७९-८० को सात महिनाको अवधिमा दश हजारले राहदानी लिएका छन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आवको माघसम्म १० हजारले राहदानी लिएका हुन् । रामग्राम नगरपालिका अन्तर्गत सुरक्षित आप्रवासन सामी परियोजनाले वैदेशिक रोजगारमार्फत ५६ प्रतिशत घरमा रेमिट्यान्स भित्रिएको र करिब ४० लाख जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेका तथ्यांक सार्वजनिक गरेको छ  । 

वैदेशिक रोजगारीका कारण समाजमा सामाजिक र वैदेशिक समस्या बढ्दो रहेको परियोजनाले जनाएको छ  । विगतमा महिला वैदेशिक रोजगारीबाट फर्केपछि कुण्ठित भएर बस्नुपर्ने अवस्था रहेकामा अहिले मानिसको सोच परिवर्तन भएसँगै महिलालाई समाजमा बस्न, घुलमिल हुन केही सहज भएको परियोजनाले निष्कर्ष निकालेको छ ।