ब्रेकिङ स्टोरी

नेपाल-भारत सचिवस्तरीय बैठक जारी

By खबरहब

February 13, 2023

काठमाडौँ– नेपाल– भारत सचिवस्तरीय बैठक जारी छ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुगे लगतै बैठक सुरु भएको हो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा नेपाल आएका उनले सो होटेलमा नेपाल-भारत सचिवस्तरीय बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । सिमा सबन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्विपक्षीय चासोको विषयमा कुराकानी हुनेछन् ।

 नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।