तस्विर- सन्तोष परियारको फेसबुकबाट

राजनीति

गृह मन्त्रालय पाए रास्वपा सरकारमा जान्छ : प्रमुख सचेतक

By खबरहब

February 13, 2023

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन् ।

रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै परियारले विगतमा भएको सहमतीअनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे ।

उनले राष्ट्रपतिमा पनि विगतकै सहमतीअनुरुप सत्तागठबन्धनबाटै चयन हुने दाबी गरेका छन्। 

यसैगरी चितवन–२ मा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनःउम्मेदवार बनाउने पनि उनले बताए । बैशाख २ गते  उपनिर्वाचनको मिति तय भएको छ ।