ब्रेकिङ स्टोरी

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

By खबरहब

February 13, 2023

काठमार्डौं– नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । काठमाडौँस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

 परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७-७ जनाको टोली उपस्थित रहेको थियो ।

 परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणामा भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन । उनले अब नेपालका समकक्षी अर्थात परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय छलफल गर्नेछन् ।