फाइल फोटो

राजनीति

संगठन सुदृढीकरण अभियान आजदेखि सुरु

By खबरहब

February 13, 2023

काठमाडौँ– नेकपा (एमाले)ले वैचारिक तथा सांगठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान आजदेखि सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजकीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । 

अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्नेछ ।