राजनीति

भारतीय विदेश सचिव क्वात्रा र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता 

By खबरहब

February 13, 2023

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबीच भेटवार्ता गरेका छन् । मन्त्री पौड्याल भेट्न विदेश सचिव आज सिंहदरबार पुगेका हुन् ।

नेपालका परराष्ट्र सचिव भरत पौड्यालको निमन्त्रणामा आज नेपाल आएका विदेश सचिव क्वात्राले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । यसअघि उनी नेपाल-भारत विदेश सचिवस्तरीय भेटवार्तामा सरिक भएका थिए ।