फाइल तस्वीर

ब्रेकिङ स्टोरी

रास्वपा तत्काल सरकारमा सहभागी नहुने

By खबरहब

February 13, 2023

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । पार्टी कार्यालय, बसुन्धरामा सोमबार बसेको केन्द्रीय समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय गरेको छ । 

थप सहमति नभएकाले सरकारमा जाने बचन नदिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । 

गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।