ब्रेकिङ स्टोरी

भोलिदेखि काठमाडौंमा सार्वजनिक यातायात नचल्ने

By खबरहब

February 13, 2023

काठमाडौं– यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।

आजपनि आफ्नो मजदुरलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यातायात मजदुरहरूले काठमाडौंको बसुन्धारा-बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् ।