राजनीति

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

By खबरहब

February 13, 2023

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबिच भेटघाट भएको छ । दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव क्वात्राले कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका हुन । 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता सके पछि विदेश सचिव कांग्रेस सभापति देउवालाई भेट्न पुगेका हुन । यसपछि विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई देशको सचिवस्तरीय वार्ताका लागि क्वात्रा आज नेपाल आएका हुन ।