अन्तर्राष्ट्रिय

अफगानिस्तानलाई ४० मिलियन अमेरिकी डलर सहायता प्रदान

By खबरहब

February 13, 2023

एजेन्सी – अफगानिस्तानले मानवीय सहायताको रूपमा ४ मिलियन अमेरिकी डलर नगद प्याकेज प्राप्त गरेको छ । सोमबार काबुलको एक वाणिज्य बैंकमा उक्त सहयोग रकम जम्मा गरिएको देशको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो पाँच दिनमा अफगानिस्तानमा पठाइएको ४० मिलियन अमेरिकी डलरको यो तेस्रो किस्ता हो। यसअघिका दुई किस्ता क्रमशः बुधबार र आइतबार प्रदान गरिएको थियो ।

दा अफगानिस्तान बैंकले मानवीय सहयोगको खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नका लागि देशमा वैदेशिक मुद्रा ल्याउन मद्दत गर्ने कदमको स्वागत गरेको छ । अफगानिस्तानले देशको अर्थतन्त्रलाई स्थिर बनाउन अन्तरराष्ट्रिय समुदायको मानवीय सहायताको रूपमा विगत १६ महिनामा १.९ बिलियन अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको बताइएको छ।