देश/प्रदेश

एमाले अध्यक्ष ओलीसँग भारतीय विदेश सचिवको भेट

By खबरहब

February 13, 2023

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । उनीबीच सोमबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।

भेटमा दुई मुलुक बीचका विभिन्न विषयमा छलफल भएको बताइएको छ । ओलीले छिमेकीबीचको सम्बन्ध राम्रो हुनुपर्ने बताएका थिए ।

यस्तै, विदेश सचिव क्वात्राले बाँकी रहेका केही काम पनि कार्यान्वयनमा जाने बारेमा ओलीलाई जानकारी दिएका थिए । उनले ले दुई देशको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भएका सहमतिहरु कार्यान्वयनमा जान थोरै बाँकी रहेको बताए ।