क्रिकेट

लिग-२ : पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल

By खबरहब

March 13, 2023

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।

 यस शृङ्खलाको दोस्रो खेलमा यूएईलाई पराजित गर्दै नेपालले आफ्नो ओडीआई मान्यता जगाइसकेको छ ।

पीएनजीविरुद्धको आजको खेल र शृङ्खलाकै अन्तिम खेलमा यूएईलाई पराजित गरेर नेपाल ओडीआई क्वालिफायर खेल्ने लक्ष्यमा छ ।