क्रिकेट

सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै पीएनजी ९५ रनमै अलआउट

By खबरहब

March 13, 2023

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा सोमबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई ९६ रनको  लक्ष्य दिएको छ । 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भयो । 

पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए । 

अब नेपालले केहीबेरपछि जबाफी ब्याटिङ गर्नेछ ।