राजनीति

उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

By खबरहब

March 13, 2023

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित्त आफू र आफ्नो दलले यादवलाई सहयोग गर्ने बताएको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले यादवलाई विजयी गराउने प्रतिबद्धता पनि जनाए ।