फाइल फोटो

राजनीति

सुवासचन्द्र नेम्वाङ एमाले संसदीय दलको उपनेता नियुक्त

By खबरहब

March 13, 2023

काठमाडौँ- नेकपा एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा पनि उनी एमाले संसदीय दलको उपनेता थिए ।

संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मौजुदा प्रतिनिधिसभाको कार्यकालका लागि नेम्वाङलाई उपनेतामा नियुक्त गरेका हुन् ।

आइतबार अध्यक्ष ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका थिए ।