राजनीति

राष्ट्रपति पौडेलद्वारा इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त

By खबरहब

March 13, 2023

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन् ।

उनलाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।