फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा सुरक्षाकर्मी कारबाहीमा परी दुई आतङ्ककारी मारिए

By खबरहब

March 13, 2023

काठमाडौँ- पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रतिआतङ्कवाद कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा दुई जना आतङ्ककारी पक्राउ परेका छन् ।

सिन्ध प्रान्तको प्रतआतंकवाद विभाग सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपासनजिकै कारवाही गरेको थियो । दुवै मृतकको पहिचान भइसकेको छ ।

उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक ए तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ । यसैगरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको प्रमुख योजनाकार रहेको बुझिएको छ ।

उक्त आक्रमणमा घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए ।