ब्रेकिङ स्टोरी

उद्योग वाणिज्य महासंघ निर्वाचन : वरिष्ठ उपाध्यक्षमा रामचन्द्रको अग्रता

By खबरहब

April 13, 2023

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्।

अहिलेसम्म ८०० मतगणना हुँदा संघईले अग्रता लिएका छन् । उनले ३७७ मत पाउँदा अञ्जनले २५५ मतका साथ पछ्याइरहेका छन्। उमेशलालले २१९ मत पाएका छन्।

जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।