ब्रेकिङ स्टोरी

सिंहदरबार सार्न सरकारलाई मेयर बालेनको चुनौती

By खबरहब

April 13, 2023

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार सार्न चुनौती दिएका छन्।

यसअघि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि मेयर बालेनको विषयमा मन्त्रीपरिषद्को बैठकमासमेत छलफल भएको थियो।

बालेनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सरकारले स्थानीय तहले त्यस्तो गर्न नमिल्ने बताएपछि मेयर साहले सिंहदरबार अरु पालिकामा सार्न चुतौती दिएका हुन्।

‘कि काठमाडौँको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ उनले भने, ‘हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन , चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’