आर्थिक

 सरकार र मिटरब्याजी पीडितको वार्ता भंग

By खबरहब

April 13, 2023

काठमाडौँ– मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् ।

गृह मन्त्रालयमा बिहीबार भएको वार्तामा सहमति नभएपछि सरकार र मिटरब्याज पीडितबीचको वार्ता भंग भएको हो ।

सरकारले आफ्नो माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले जनाएको छ ।

मिटरब्याज पीडितहरू महोत्तरीसहितका स्थानबाट काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् ।