फाइल फोटो

ब्रेकिङ स्टोरी

एमाले केन्द्रीय समिति बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

By खबरहब

May 13, 2023

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि चल्नेछ । गत बिहीबार सुरु भएको एमालेको चौथौँ केन्द्रीय समिति बैठक काठमाडौँमा जारी छ।

शुक्रवारको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पद्मा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल भएको थियो ।

आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।