ब्रेकिङ स्टोरी

प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

By खबरहब

May 13, 2023

काठमाडौँ – नेपाल प्रहरीका २२ नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ।

सिफारिसमा डीएसपी गौतम कुमार केसी १ नम्बरमा परेका छन् भने राजन भुजेल २२ औँ नम्बरमा छन्। यसैगरी बसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्रराज सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्तीमगर, वासुदेव पाठक, रूपेश खड्कालगायत बढुवामा सिफारिस भएका छन्।

यसैगरी, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमरीया, कुमोध ढुङ्गेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले र नरेन्द्र चन्द छन्।

बढुवा समितिको निर्णयविरुद्ध सात दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिनेछ।