फाइल फोटो

ब्रेकिङ स्टोरी

एमाले स्थायी कमिटी बैठक जारी, यसपछि केन्द्रीय समिति बस्ने

By खबरहब

May 13, 2023

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले जारी छ ।

पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी बैठक बोलाइएको हो ।

बिहीबार सुरु भएको एमालेको चौथौँ केन्द्रीय समिति बैठक चलिरहेका बेला स्थायी कमिटी बैठक बसेर पार्टीको वार्षिक कार्ययोजना बनाउन लागिएको हो ।

प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केही बेरपछि बस्ने केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ ।

केन्द्रीय समिति बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको छ ।