ब्रेकिङ स्टोरी

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन 

By खबरहब

May 13, 2023

काठमाडौँ– भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौँ प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।

भ्रष्टाचारीलाई कारबाही गर, सामूहिक भ्रष्टाचार राज्यविरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरू जम्मा भएका थिए । 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा उपस्थित भएका थिए ।