फाइल तस्वीर

देश/प्रदेश

विद्युत प्रसारण लाइनको पोलमा चढेका माझी बल्ल तल ओर्लिए

By खबरहब

May 13, 2023

विराटनगर- मोरङमा विद्युत प्रसारण लाइनको पोलमा चढेका पुरुष बल्ल तल ओर्लिएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकामा सडकको टेवा पर्खाल निर्माणको काम रोक्न माग गर्दै विद्युत प्रसारण लाइनको पोलमा चढेका सोही गाउँपालिका ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी ११ घण्टापछि तल ओर्लिएका हुन् ।

उनी बिहान ६ बजे १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका थिए । उनी बल्ल अपराह्न साढे ४ बजे पोलबाट तल ओर्लिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदारले सडकको टेवा पर्खाल निर्माणको काम रोक्ने प्रतिबद्धता जनाएपछि उनी तल ओर्लिएका हुन् ।