क्रिकेट

सन्दीप लामिछाने एलपीएलको अक्सनमा

By खबरहब

June 13, 2023

काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेलाडी छनोटको अक्सनमा परेका छन् ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान लामिछाने एलपीएलको इतिहासमै पहिलो पटक हुन लागेको अक्सनमा परेका हुन् ।

श्रीलंका क्रिकेट बोर्डले सोमबार सार्वजनिक गरेको अक्सनको लिस्टमा उनको नाम समेटिएको हो । विदेशी खेलाडीको कोटामा नेपालबाट सन्दीपको नाम समेटिएको हो।

एलपीएलको अक्सन सूचीमा सन्दीपसहित तीन सय ६० क्रिकेटर समेटिएका छन् । यो संस्करणका खेल ३१ जुलाइबाट हुँदैछन् । एलपीएलको अक्सन बुधबार हुनेछ ।