फाइल तस्बिर

ब्रेकिङ स्टोरी

कांग्रेस सभापति देउवा आज सिंगापुर जाँदै

By खबरहब

June 13, 2023

काठमाडौँ– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । 

नियमित स्वास्थ्य परीक्षणका लागि उनी आज त्यसतर्फ जान लागेका हुन् । ‘ पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन् । 

सभापति देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।