ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै 

By खबरहब

June 13, 2023

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । 

बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टलगायत ९ जनाले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । 

रिट निवेदकले गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

२०५२ सालदेखि माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराइ बेवास्ता गरेको भन्दै माओवादी अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।