ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको मुद्दा न्यायाधीश सपना मल्लको इजलासमा

By खबरहब

June 13, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।

तत्कालीन विद्रोही माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै लेनिन विष्टले दाहाल र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सोही मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

दुबै नेतालाई युद्ध अपराधमा कारबाहीको माग गरिएको रिटमा दाहालको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बन गर्नुपर्ने जिकीर पनि गरिएको छ। विष्टले रिटमा आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न समेत आदेशको माग गरेका छन्।