फाइल तस्वीर

ब्रेकिङ स्टोरी

सभापति देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा

By खबरहब

June 13, 2023

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि पार्टीको नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र अहिले आफूहरुको प्रमुख माग नै नेतृत्वको हस्तान्तरण र पुस्तारन्तरण भएको बताए । त्यसैले अब पार्टी सभापतिले प्रधानमन्त्री वा अरु पदमा दाबी गर्न नहुने उनको तर्क थियो ।

महामन्त्री थापाले वरिष्ठ नेता शेखर कोइराला र आफूहरुको सम्बन्धमा कुनै फेरबदल नभएको पनि स्पष्ट पारे ।

पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता कोइरालाबीचको निकटता बढेको बताइन्छ । जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्री चाहेकाले सरकार बन्नुभन्दा अघि नै सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।