सांकेतिक तस्बिर

देश/प्रदेश

तनहुँमा महिलाको शव फेला

By खबरहब

June 13, 2023

व्यास- तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक महिलाको शव फेला परेको छ । चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रहरी नायब उपरीक्षक खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

उनले भने, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।” व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो ।

“शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” खाँणले भने । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।