देश/प्रदेश

टोप्का भीरमा रेलिङसहितको बाटो निर्माण

By खबरहब

June 13, 2023

सिन्धुपाल्चोक– जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको  छ । उक्त बाटो आज क्षेत्र  नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गरे ।

टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको २५ लाख बजेटमा निर्माण गरिएको  हो । 

ढलान र ढुंगा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए । जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ ।

 निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भीरको बाटोमा रेलिङ बनाइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताए । स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै अप्ठेरो रहेको स्थानीयवासी सुवास तामाङले बताए ।

गाउँपालिकाका अध्यक्ष गंगा तामाङले बाटोले स्थानीयवासीलाई  सहज भएको बताए । अहिले बाटो प्रयोग गरेर मोटरसाइकलसमेत ओहोरदोहोर हुने भएको  छ ।