तस्वीर- हापोएल रानाना

देश/प्रदेश

साम्बाले इजरालयी क्लबबाट खेल्ने

By खबरहब

June 13, 2023

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले इजरायलको हापोएल रानाना क्लबबाट व्यवसायिक फुटबल खेल्ने भएकी छन् ।

आफ्नो फेसबुक पेजमार्फत् क्लबले साम्बा क्लबमा  आबद्ध भएको जानकारी गराएको हो ।

साम्बाको खेललाई क्लबले लामो समयदेखि नियालिरहेको र अन्ततः क्लबमा आबद्ध भएको फेसबुक पेजमा उल्लेख गरेको छ ।