ब्रेकिङ स्टोरी

नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा

By खबरहब

June 13, 2023

काठमाडौँ– नागरिकता विधेयक प्रमाणीकरण विरूद्धको रिट हेर्न नभ्याइनेमा राखिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो। तर अहिले उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो। 

मंगलबार दिउँसो खाजापछि उक्त रिट हेर्ने भनिएको थियो। बहस गर्न दुबै पक्ष उपस्थित हुन भनिएको थियो। तर खाजा समयपछि अन्य दुइटा मुद्दा पनि हेर्न बाँकी रहेको हुँदा हेर्न नभ्याइनेमा राखिएको हो।