देश/प्रदेश

ट्रकको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

By खबरहब

June 13, 2023

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा मिनी ट्रकको ठक्करबाट  बराम्चेका ८ वर्षीय बालक शनिस तामाङको मृत्यु भएको हो । 

बा ४ ख ८७ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा मेलम्ची नगर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।