सांकेतिक तस्बिर

देश/प्रदेश

कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

By खबरहब

June 13, 2023

धनगढी- कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

जानकी गाउँपालिका–१ दुर्गौलीबाट वडा नम्बर २ परागीपुरका २० वर्षीय अर्जुन चौधरी लागूऔषधसहित पक्राउ परेका हुन् । ११० मिलिग्राम लागूऔषधसहित चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।